डा. केसी पक्ष र सरकारी पक्षबीच पहिलो मस्यौदा तयार, दुवै पक्षको सुझावपछि साढे ४ बजे पुन: वार्ता हुने
काठमाडौं, असाेज २२ । चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी छ। सरकारी टोली र डा केसी पक्षबीच ६ वटै मागमा बुँदागत छलफल भएको छ।
छलफलले बुँदागत रुपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको छ। उक्त मस्यौदाका विषयमा थप सुझाव लिन सरकार र डा केसीकहाँ पठाइएको छ।
‘बिहान साढे १० बजेपछि सुरु भएको वार्ता अझै जारी छ। केही समय खाजा खान र पहिलो मस्यौदाका विषयमा सुझाव लिन ब्रेक लिइएको लिइएको हो,’ वार्तामा सहभागी एक सदस्यले भने, ‘उक्त मस्यौदामा आएको सुझावका आधारमा फेरि वार्ता जारी रहन्छ।’
डा केसी अनशन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। मंगलबार दुई पक्षले वार्ता टोली गठन गरेका थिए।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेलगत्तै केसी पक्षको वार्ता टोली बनेको थियो।
डा केसीको पक्षबाट डा जीवन क्षेत्रीले वार्ताको नेतृत्व गरेका छन्। केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली बनेको थियो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस