थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु, दर्जनौं घाइते


एजेन्सी, असाेज २५ । थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दर्जनौँ मानिस घाइते भएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान बैंककबाट ५० किलोमिटर पूर्व सो दुर्घटना भएको हो । बसमा व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेका बौद्ध धर्मावलम्बीहरू रहेको बताइएको छ ।

रेलमा ठोक्किएको बस क्षतिग्रस्त भएको छ । च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope