३ ओटा कम्पनीले नेपालमा रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न पाए अनुमति

काठमाडौं, कात्तिक १ । सरकारले कोरोना भाइरस (कोभिड– १९) को उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि आयात तथा विक्री वितरण गर्न तीन ओटा कम्पनीलाई अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले औषधी व्यवस्था विभागबाट अनुमति पाउनेमा दुई ओटा नेपाली र एक भारतीय कम्पनी छन् ।
उनका अनुसार नेपालका दुई ओटा कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा विक्री वितरणका लागि अनुमति दिइएको छ ।
नेपालमा कोभिड– १९ को उपचारका लागि अहिलेसम्म कुनै पनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रेम्डिेसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस