शेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं, कात्तिक ४ । मंगलबार शेयर बजारमा दाहोरो अंकले सुधार आएकाे छ ।
कारोबार अर्ब नाघ्यो । उतारचढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर १५ सय ८२ मा पुग्यो । सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ३ सय १३ विन्दु पुग्यो । यसदिन कारोबार भएका सबै समुह उकालो लागे ।
सबै उपसुचकहरु सकारात्मक रहदा जीवन बिमा कम्पनी सबैभन्दा बढी ७८ अंकले उकालो लाग्दा निर्जिवन बिमा, अन्य, जलविद्युत, होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त र जलविद्युत समुह क्रमश दोहोरो अंकले उकालो लागे ।
यसदिन १ सय ४१ कम्पनीको शेयर मुल्य बढ्दा १६ कम्पनीको शेयर मुल्य ओरालो लाग्यो । जनरल ईन्सोरेन्स कम्पनीले कमाउँदा नेपाल फाइनान्स लिमिटेडले सबैभन्दा बढी गुमायो । यसदिन १ सय ९३ कम्पनीको ५० लाख २४ हजार कित्ता शेयर १ अर्ब २७ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस