अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड हुदाँ ११ महिलासहित कम्तीमा १५ जनाको मृत्यु


एजेन्सी, कात्तिक ६ । अफगानिस्तानको जलालावादस्थित पाकिस्तानी कन्सुलरको कार्यालय नजिकै बुधबार भएको भागदौडमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ ।

जलालावादस्थित रंगशालामा पाकिस्तानको भिसाका लागि जम्मा भएका बेला अफगानहरुबीच भागदौड मच्चिँदा ११ महिलासहित १५ जनाको मृत्यु भएको हो । मृत्यु हुने अन्यमा ज्येष्ठ नागरिक रहेको बताइएको छ । नान्गाहार प्रान्तको एक अस्पतालका प्रवक्ताले भिसाका लागि भेला भएका करिब तीन हजार मानिस रंगशालाबाट बाहिरिने क्रममा उक्त हिंसा भएको जानकारी दिएका छन् ।

पाकिस्तान सरकारले सात महिनापछि भिसा दिन सुरु गरेपछि उनीहरु त्यहाँ भेला भएका थिए । यसैबीच पाकिस्तानको कराचीमा विष्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

पाकिस्तानको दक्षिणी शहर कराचीको विष्फोट स्थलमा खटिएका एक अधिकारीले अल जजिरासँग आवासीय भवनमा भएको विष्फोटमा उनीहरु मारिएको जानकारी दिएका हुन् । कराची विश्वविद्यालय नजिकै भएको सो विष्फोटको कारण भने प्रष्ट भइनसकेको प्रहरीले बताएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो शहर कराचीमा यसअघि पनि यस्तै प्रकारका राजनीतिक, जातीय तथा अन्य प्रकारका हिंसा हुने गरेको पाइन्छ । यद्दपि, यो संख्या पछिल्ला वर्षहरुमा घट्दै गएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope