यसरी सम्भव बन्याे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा जाे बाइडेनकाे रणनीति…


अमेरिका, कात्तिक २३ । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् ।

पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन् । ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने देखिएको छ ।

औपचारिक रुपमा विजयी घोषणा गर्न बाँकी रहेपनि अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनलाई विजयी घोषणा गरिएको हो । इलेक्टोरल कलेजहरुले आगामी डिसेम्बरमा बाइडेनलाई औपचारिक रुपम अमेरिकाको राष्ट्रपतिमा निर्वाचित गर्नेछन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल कलेज मतको आवश्यकता पर्छ ।

बाइडेनले पेन्सिलभेनियामा ३३ लाख ४५ हजार ९ सय ६ मत ल्याएका छन् भने डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ४ सय ४८ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव ५ प्रतिशतको अग्रता कायम गरेर पेन्सिलभेनियामा जितेका हुन् ।

त्यस्तै जर्जियामा पनि बाइडेनले जित्ने सम्भावना उच्च रहेको छ । जर्जियामा अहिलेसम्मको मत परिणाम अनुशार बाइडेनले २४ लाख ६१ हजार ४ सय ५५ मत ल्याएका छन् । ट्रम्पले २४ लाख ५४ हजार २ सय ७ मत ल्याएका छन् । बाइडेनले शुन्य दशमलव २ प्रतिशतले अग्रता कायम गरेका छन् ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ ।

सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

अमेरिकी राष्ट्रपति चुनाव अमेरिकाभरबाट प्राप्त हुने कुल पपुलर मतका आधारमा निर्धारण हुँदैन । बरु विजेता हुनका लागि आफूले जितेका राज्यहरुबाट इलेक्टोरल कलेज मत संकलन गरेर कम्तीमा २७० पुराउनुपर्छ । हरेक राज्यमा फरक फरक इलेक्टोरल कलेज मतसंख्या रहेको हुन्छ भने कुल मतसंख्या ५३८ रहेको छ ।

अमेरिकन मुख्य संचारमाध्यमले मतगणनाको परिणाम, गणना हुन बाँकी मत लगायतका कैयन तत्वहरु हेरेर उम्मेदबारका लागि विजयी राज्यहरुको घोषणा गर्छन् ।

यसपटक कोरोनाको महामारीका कारण कुल मतदानको ६८ प्रतिशतभन्दा धेरै अग्रिम र हुलाकमार्फत मतपत्र पठाएर मतदान गरियो । व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानको नतिजा छिटो निकाल्न सम्भव हुने भएपनि हुलाकबाट मतपत्र पठाएर गरिएका मतदानको नतिजा निकाल्नमा समय लागेको हो ।

हुलाकबाट प्राप्त मतपत्रमा सुरुमा खाम खोलेर सुरुमा साक्षी र मतदाताको हस्ताक्षर भए नभएको चेक गर्नुपर्छ । त्यसपछि ठेगाना चेक गर्नुका साथै उक्त मतदाताले चुनावको दिन वा अग्रिम मतदानमा पनि उपस्थीत भएर मतदान गरे नगरेको चेक गर्नुपर्छ । त्यसपछिमात्र योग्य मतपत्रलाई स्क्यान मेसिनमा हालेर गणना गरिन्छ । यो सबै गर्दा झन्झटिलो भएकाले हुलाकबाट प्राप्त मतहरु गणनामा लामो समय लागेको हो ।

पेन्सिलभेनियामा यदि पहिलो र दोश्रो उम्मेदबारबीच शुन्य दशमलव ५ प्रतिशत वा त्यो भन्दा कम मतको अन्तर भएमा स्वतस् पुन : मतगणना हुने प्रावधान छ । अन्यथा कुनै पनि डिस्ट्रक्टको तीनजना मतदाताले गणनामा गल्ती भएको अभियोगसहित पुनस् गणनाका लागि आइतबारसम्म अनुरोध पेश गर्नसक्छन् । त्यसका लागि कुनै मार्जिनको आवश्यकता हुँदैन ।

त्यस्तै मिसिगनमा यदि पहिलो र दोश्रो उम्मेदबारबीच २ हजारभन्दा कम मतको अन्तर भएमा स्वतस् पुनस् मतगणना हुने प्रावधान छ । यदि पुनस् गणनाका लागि अनुरोध गर्नुपरेमा मतगणना पूरा भएको ४८ घण्टाभित्र गर्नसकिन्छ ।

विसकन्सिनमा ४ हजारभन्दा कम मत खसेको स्थानमा ४० भन्दा कम मतको अन्तर भएमा पुनस् गणनाका लागि अनुरोध गर्न सकिन्छ । ४ हजारभन्दा बढी मत खसेको स्थानमा १ प्रतिशत भन्दा कम मतको अन्तर भएको खण्डमा उम्मेदबारले पुनस् मतगणनाको अनुरोध गर्नसक्छन् । कुनै पनि पुनस् गणना १३ दिनभित्र पूरा गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै एरिजोनामा १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा स्वतस् पुनस् गणना हुन्छ । २५ हजारभन्दा बढी मतदान भएको स्थानमा २ सय भन्दा कम मतान्तर रहेमा पनि स्वतस् पुनस् गणना हुन्छ । त्यस्तै २५ हजारभन्दा कम मतदान भएको क्षेत्रमा मतान्तर ५० वा त्यो भन्दा कम छ भने पनि स्वतस् पुनस् गणना हुन्छ ।


जर्जियामा स्वत – पुन :मतगणनाको प्रावधान छैन । तर निश्चित अवस्थामा उम्मेदबार र अधिकारीहरुले पुनस् गणनाको अनुरोध गर्नसक्छन् । निर्वाचन अधिकारी वा जर्जियाका सेक्रेटरी अफ स्टेटले पनि कुनै गल्ती भेटाएको खण्डमा पुन : गणनाको आदेश दिनसक्छन् ।

नेभाडामा मतगणना सकिएको ३ दिनभित्र पुनस् मतगणनाका लागि अनुरोध गर्न सकिन्छ ।

नर्थ क्यारोलिनामा निश्चित अवस्थामा पुनस् मतगणनाका लागि अनुरोध गर्न सकिने प्रावधान रहेको छ । १ प्रतिशतभन्दा कम मतान्तर रहेको खण्डमा पुनस् गणनाको अनुरोध गर्नसकिन्छ । मतगणना सकिएको एकदिनभित्र यस्तो अनुरोध गर्नुपर्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope