औषधिसम्बन्धी अध्यादेश जारी

३ मंसिर २०७७, बुधबार १९:३३

काठमाडौं,मंसिर ३ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी भएको छ

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो । केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.