सफलता उन्मुख ‘कोरोना भ्याक्सिन’ : कुन कम्पनीका उत्पादनको मूल्य कति ?


काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले अहिले विश्वभर महामारीको रुप लिएको छ । नेपालमा पनि कोरोना संक्रमण र मृत्युदर दुबै बढिरहेको छ ।

महामारीको निदानका रुपमा अहिलेसम्म विकसित भएको भ्याक्सिन अथवा कोरोनाकै लागि भनेर तयार भएको कुनैपनि औषधिलाई उपयोगका लागि विश्व स्वास्थ्य संगठनले स्वीकृत गरिसकेको छैन । तर, विश्वका विभिन्न देशका वैज्ञानिकहरु खोपको विकासमा लागिपरेका छन् ।

उनीहरुले विभिन्न समूहमार्फत ५० वटाभन्दा बढी भ्याक्सिनमा काम गरिरहेका छन्, जुन परीक्षणको विभिन्न चरणमा रहेका छन् । जसमध्ये १० वटा भ्याक्सिन सफलताको निकै नजिक पुगेका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन विकसित भएको अवस्थामा यसको मूल्यको विषयमा पनि अब चर्चा हुन थालेको छ । यस वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा भ्याक्सिन बजारमा आउने भएसँगै यसको मूल्यका विषयमा थप चर्चा बढेको हो ।

अमेरिका, चीन, बेलायत, जर्मनीलगायतका देशले भ्याक्सिनको मूल्यका विषयमा चर्चा गरिरहेका छन् । अमेरिकाले भ्याक्सिन विकासका लागि ९५५ मिलियन डलर खर्च गरिसकेको छ । अमेरिकामा प्रतिव्यक्ति ३२ देखि ३७ डलरसम्ममा भ्याक्सिन उपलब्ध हुने अनुमान गरिएको छ ।

भ्याक्सिन विकासको अन्तिम चरणमा रहेको फाइजरले अमेरिकाबाट कुनै सहयोग नआएको बताएको छ । यस्तै बायोएनटेकलाई जर्मनीको ४४४ मिलियन डलर सरकारी सहायता मिलेको छ । फाइजर भ्याक्सिनको मूल्य करिब ५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

फाइजरको भ्याक्सिनभन्दा अमेरिकी मोडेर्नाको भ्याक्सिन केही सस्तो हुने बताइएको छ । यता विश्वको पहिलो कोरोना भ्याक्सिन दावी गरिएको रुसको स्पुतनिक भिले पनि आफ्नो मूल्य सार्वजनिक गरेको छैन ।

अर्कोतर्फ अक्सफोर्ड युनिभर्सिटीको भ्याक्सिन कोभिशिल्डले न्यून तथा मध्यम आय भएको देशमा ३ डलरमा उपलब्ध गराउने दावी गरिएको छ । यस्तै भारतमा सरकारी सहयोगमा तयार भइरहेको सिरम इन्ष्टिच्युटको कोभ्याक्सिन २ हजार रुपैयाँभन्दा कम मूल्यमा बजारमा आउने कम्पनीले बताएको छ ।

यस्तै भ्याक्सिनको मूल्यसँगै यसको भण्डारणको विषयमा पनि विभिन्न जानकारीहरु सार्वजनिक भएको छ । फाइजर र बायोएनटेकको भ्याक्सिनलाई अल्ट्रा कोल्ड चेन फ्रिजर्समा माइनस ७० देखि ८० डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ ।

अमेरिकी कम्पनी मोडेर्नाको भ्याक्सिनलाई ३० दिनसम्म रेफ्रिजेरेटरको तापमानमा राख्नुपर्ने बताइएको छ । उक्त भ्याक्सिनलाई २ देखि ८ डिग्रीसम्मको न्युनतम तापक्रममा राख्नुपर्ने कम्पनीले बताएको छ ।

स्पुतनिक भिको लागि भने धेरै चिसो तापक्रम आवश्यक नपर्ने दावी गरिएको छ । रुसी भ्याक्सिनलाई अधिकतम १८ डिग्रीसम्म भण्डारण गर्न सकिने यसको विकासकर्ता गामेलिया इन्ष्टिच्युटले बताएको छ । यस्तै अक्सफोर्ड र एष्ट्रजेनेकाले तयार गरेको भ्याक्सिनलाई २ देखि ८ डिग्रीसम्मको तापक्रममा भण्डारण गर्न सकिन्छ ।

यससँगै यी भ्याक्सिनहरु सम्बन्धित व्यक्तिलाई कसरी दिइन्छ भन्नेमा पनि अत्यधिक चासो रहेको पाइन्छ । यी सबै भ्याक्सिनहरु तरल पदार्थमा आधारित रहेकाले अन्य भ्याक्सिनजस्तै इन्जेक्सनको माध्यमबाट शरीरमा लगाइन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope