बलात्कारको मुद्दा खेपिरहेका सिध्दबाबालाई थुनामै राख्‍न सर्वोच्च अदालतको आदेश


काठमाडौं : अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सिध्दबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थुनामै राख्‍न सर्वोच्च अदालतले आदेश दिएको छ । जबरजस्तीकरणी मुद्दामा उच्च अदालत बिराटनगरको आदेश सदर गर्दै गिरीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो ।

यसअघि २०७६ पुस १४ मा तीन लाख धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको आदेश २०७६ माघ ९ मा बदर गर्दै उच्च अदालत बिराटनगरले थुनामै राख्‍न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधिशद्वय डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालत बिराटनगरको आदेश सदर गर्दै गिरीलाई थुनामै राख्न आदेश दिएको हो् ।

‘तत्काल प्राप्त प्रमाणको आधारमा निजनिर्दोष रहेछन् भन्न सकिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘तसर्थ मुद्दाको सुनुवाइ र फैसला हुँदाको बखत ठहरे बमोजिम हुने नै हुँदा उच्च अदालत बिराटनगरको आदेश वेरितको नदेखिएकोले परिवर्तन गरिरहनु परेन ।’

साथै थुनामा बस्नुपर्ने अवस्था छल्न आकस्मिक उपचारका लागि बढीमा ७२ घण्टासम्म अस्पताल बस्नुपरेकोबाहेक अन्य अवस्थामा सरकारी अस्पतालका कम्तीमा तीन जना चिकित्सकको समितिले सिफारिस गरेको अवस्थामा मात्र अस्पताल बस्ने व्यवस्था गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

सुनसरीको बराहक्षेत्र चतरास्थित आश्रममा गिरीले अनुयायी एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोग छ ।

साभार: इकागज


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope