एजेन्सी। कोरोना सुरु भएको एक बर्षको अवधिमा विश्वमा संक्रमितको सङ्ख्या ७ करोड १४ लाख नाघ्दा १६ लाख बढिले ज्यान गुमाएका छन् ।
वर्ल्डो मिटरको तथ्याङ्क हेर्ने हो भने विश्वभभर संक्रमितको संख्या ७ करोड १४ लाख नाघेको छ । भने हालसम्म विश्वभर १६ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
संसारमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा एक करोड ६३ लाख व्यक्ति संक्रिमत हुदाँ मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ ।
तेस्तै छिमेकी देश भारतमा ९८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ४२ हजारको मृत्यु भएको छ ।
तेस्रोमा रहेको ब्राजिलमा ६८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ८० हजार व्यक्तिको मृत्यु भइसकेको छ । रुसमा २५ लाख ९७ हजार संक्रिमत हुँदा ४५ हजार व्यक्तिको मृत्यु भएको छ ।
फ्रान्समा २३ लाख ५१ हजार संक्रमित हुँदा ५७ हजार व्यक्तिको मृत्यु भएको छ । बेलायतमा १८ लाख व्यक्ति संक्रमित हुँदा ६३ हजारको मृत्यु भएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com