वैदेशिक रोजगारी लयमा फर्कदै, कतार जनवरीदेखि खुल्दै
काठमाडौं । कोभिडका कारणे शिथिल बनेका वैदेशिक रोजगारी लयमा फर्कन थालेको छ ।
कोभिडकै बीच धेरै देशबाट श्रमको लागि माग आउन थालिसकेको छ भने केही देश पर्ख र हेरको अवस्थामा छन् । कोभिडका कारण रोकिएको श्रम सम्झौता कतारले गरिसकेको छ ।
एक महिना अघि नै कतारको श्रम बजार खुला गरिएको कारणले अहिले म्यानपावर कम्पनीहरूले धमाधम कामदार पठाउन काम गरिरहेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए । ‘एक साता अघि नै कतारबाट ८ हजार कामदारको माग आएको थियो,’ उनले भने ‘म्यानपावर कम्पनीहरूले प्रक्रिया पुरा गरेर कतार कामदार पठाउने तयारी गरिरहेका छन् ।’
मेलेसिया, यूएई, साउदी अरब, बहराइनलगायतका मुलुकमा कोभिडका कारण बन्द भएको श्रम बजार खुल्न सकेको छैन । उनीहरूले बेलायतमा दोस्रो लहर फैलिएको कोभिडको कारण देखाइरहेका छन् । यूएईका प्राइभेट कम्पनीबाट डमाण्ड आएको छैन, सरकारी तथा सेमिसरकारीबाट भने डिमाण्ड आउन थालेको दाहालले बताए ।
विभागले कतारका लागि रोजगार पठाउने बाटो एक महिना अघि नै खुलाएपनि कतार जाने कामदारको फाइल अहिले कतारको श्रम सहचारी कार्यालयमा नै थुप्रिएर बसेका छन् । नेपाली दूतावास कार्यालयमा अनुमतिका लागि पुगेका सयौं फाइल दूतावासमा नै अड्केको नेपाल वैंदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेले बताए ।
‘कतारका विभिन्न कम्पनीहरू र नेपालका म्यानपावर कम्पनीबीच भएको सम्झौता अनुसार कामदार पठाउने सम्झौता भएपश्चात हामीले श्रम स्वीकृतका लागिलागिए पनि कामदारको फाइल दूतावासमा रोकिएको छ,’ गैरेले भने ।
करिब एक महिनादेखि श्रम सहचारी अनुज गौतमले कतारबाट कामदार पठाउने फाइलका बारेमा कुनै पनि काम नगरेका कारण नेपाली कामदार कतार जानबाट बन्चित भएको म्यानपावर कम्पनीहरुको गुनासो रहेको छ । कतार सरकारले कोभिड– १९ मा स्वास्थ्य मापदण्ड कडा बनाएका कारणले नेपाली कामदार कतार पठाउने प्रक्रियामा समस्या भएको थियो । अहिले खुलेको छ र हामीले केही कम्पनीसँग श्रम सझौता पनि गरिसकेका छौं । उताबाट डिमाण्ड आएपछि कामदार पठाउने प्रक्रिाय अघि बढाएपनि फाइल रोकिएको अवस्था रहेको गैरेले गुनासो गरे ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस