राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो चार बजेका लागि बैठक आह्वान गरेकी हुन ।
राष्ट्रपति कार्यालयले आज विज्ञप्ती प्रकाशित गरेर संविधानको धारा ९३ को उपधारा एक बमोजिम अधिवेशन आह्वान गरेको जानकारी दिएको हो । संवैधानिक बाध्यताका कारण सरकारले केही दिनअघि राष्ट्रिय सभा अधिवेशन आब्हान गर्न राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो । एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थानुसार पुस १७ भित्रै अधिवेशन बोलाइएको हो । संघीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन गत असार १८ गते अन्त्य भएको थियो ।
प्रतिनिधि सभा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले भंग गरेकी छिन । केही दलले भने प्रतिनिधि सभा जिवित रहेको भन्दै अधिवेशन आब्हान गर्न सभामुख अग्नीप्रसाद सापकोटाको ध्यानाकर्षण गराउदै आएका छन । अघिल्लो अधिवेशन पनि कोरोना भाइरसको जोखिम र बन्दाबन्दीबीच अन्त्य भएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस