वीरेन्द्रनगरका स्थानीयवासी आन्दोलित

वीरेन्द्रनगर नगरपालिका–८ स्थित शहरी स्वास्थ्य चौकीले स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै स्थानीय गौरीशंकर टोलका युवा आन्दोलित भएका छन् ।
स्वास्थ्य चौकीले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै स्थानीयवासी आन्दोलित बनेका हुन् । प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने भन्दै उहाँहरुले नगरपालिका कार्यालयमा नाराबाजी गरेका छन् । आफुहरु स्वास्थ्यचौकी गएका बेला त्यहाँबाट सेवा नपाएकाले निजी मेडिकलमा महङ्गो शुल्क तिरेर सेवा लिन बाध्य भएको उहाँहरुको भनाइ छ ।
युवा विनम शाहीले स्वास्थ्य सेवाले प्रभावकारी सेवा प्रदान गरोस् भन्ने उद्देश्यले टोलका युवा मिलेर आन्दोलन गरेको बताउनुभयो । उहाँले शहरी स्वास्थ्य केन्द्र, जिल्ला जनस्वास्थ्य कार्यालय र नगरपालिकामा पुगेर ¥यालीसहित ध्यानाकर्षण गराइएको जनाउनुभयो । स्वास्थ्य केन्द्रबाट प्रभावकारीरुपमा सेवा प्रवाह नभएमा फेरी पनि आन्दोलन गर्ने उहाँको भनाइ थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस