दलिय सर्कुलरबाट माथी कहिले उठ्छ पत्रकार महासँघ?


यतिबेला देशैभरका पत्रकारहरुबिच चुनावी सरगर्मी बढिरहेको छ । चैत्र २५ गते चुनावको मिती तोकिएको छ भने चुनावमा आफूलाई अब्बल मानेर उम्मेदवारी दिनेको लर्को पनि बढ्दो क्रममा नै रहेको छ ।

तिनवटा तहलाई निगरानी गर्ने भनेर मानिएको चौँथो अँग हो पत्रकारिता तर तिनै पत्रकारलाई दलिय पार्टीहरुले निगरानी गर्नु र नियन्त्रणमा राखिनु दुःखको कुरा हो । जती नै स्वतन्त्र भनिएपनि भित्रभित्रै रुपमा पार्टी कार्यालयमा पार्टीका नेताहरुलाई साक्षी राखेर सेटिङ गरिनु, भागवण्डा मिलाइनु, लविङ गरिनुले नै आम पत्रकारिता जगतको हविगत स्पष्ट पारेको छ । पत्रकारको चुनाव पत्रकारलाई भन्दा पार्टी र पार्टीका नेताहरुलाई बढी लागेको देखिन्छ । उनीहरु आफना पार्टीका पत्रकारहरुलाई कसरी नेतृत्वमा ल्याउने, अनि कसरी त्यो पत्रकार त हाम्रै हो नी भनेर छाती चौँडा गरेर हिँड्ने भन्ने कसरतमा छन् ।

पत्रकार महासँघमा उम्मेदवारी दिने अधिकाँश कुनै न कुनै पार्टीको प्रतिनिधित्व गरेको पाइन्छ । तर केही पत्रकारहरु भने स्वतन्त्र पनि छन् । उनीहरु हरेक चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्दछन् तर उनीहरुको सँख्या नगन्य छ । उनीहरुलाई कसले साथ दिने ? किनभने उनीहरुसँग न कुनै ठूला नेताको आर्शिवाद छ ,न नै उनीहरुको पछी लाग्दा उम्मेदवारले केही पाउनेवाला छन् ।

अझ गहिरिएर हेर्ने हो भने , पत्रकारितामा ओझिलो स्थान बनाएका पत्रकारहरु जसले साँच्चै पत्रकारको उत्थानमा केही काम गर्ने सार्मथ्य राख्छन् उनीहरुको ठूलो सँख्या महासँघ बाहिर छ । उनीहरु चुनावी चलखेल भन्दा पनि पेशागत मर्यादामा रमाइरहेका छन् । महासँघमा त्यस्ता पत्रकारको चासो घट्दै गएको पाइन्छ, किनभने बस्तुस्थितीले उनीहरुमा निराशा पैदा गरिरहेको छ ।

एमाले, काँग्रेस, माओवादी लगायतका सबै पार्टीका नेताहरुले आफनो पार्टीमा आस्था राख्ने पत्रकारहरुलाई सोझै निर्देशन दिनु , सर्कुलर पठाउनु लगायतका कामले पत्रकार महासँघको चुनाव पत्रकारको भन्दा पनि पार्टीको भातृसँगठनको चुनाव जस्तै हुने गरेको छ ।

यसपटकबाट पत्रकार महासँघका सदस्य बनेका देशैभरका सबै पत्रकारले सबैलाई भोट हाल्न पाउने अधिकार छ । राजनितिक आस्था आ–आफनो ठाउँमा हुन्छ तर त्यही आस्थामा रहेर पत्रकार–पत्रकारबिच जुँगाको लँडाई गर्नुभन्दा पत्रकारितामा साँच्चै नयाँ योजनाहरु ल्याउन सक्ने, यसलाई अझ परिष्कृत गर्न सक्ने, गफ र भाषण भन्दा पनी काम बढी गर्ने नेतृत्व पत्रकार महासँघले खोजेको छ । पत्रकारीतालाई थप उचाँईमा पु¥याउनेखालको नेतृत्वलाई नेतृत्वमा पु¥याउनु आम पत्रकारको कर्तब्य हुन आउँछ


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope