नेपालका ५० प्रतिशत महिलाहरुको आफ्नै शरीरमाथि अधिकार नरहेको यूएनएफपीएको रिपोर्ट


काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नँया रिपोर्टका अनुसार नेपालका झण्डै आधा महिलाहरुको आफ्नै शरिर माथी अधिकार नभएको भनिएको छ । ‘मेरो शरीर मेरो अधिकार’ शीर्षकको उक्त रिपोर्टले महिलाको आफ्नो शरीरको बारेमा आफैं निर्णय गर्ने अधिकार र कुन हदसम्म देशको कानुनले त्यस अधिकारलाई समर्थन वा हस्तक्षेप गरेको छ भन्ने कुरा विश्लेषण गरेको छ ।

उक्त रिपोर्ट अनुसार विकासशील र विकासोन्मुख राष्ट्रका झण्डै आधा महिलाहरुको आफ्नै शरीरमाथि अधिकार छैन । र, नेपाल पनि तिनै देशमध्येको एक हो जहाँ आधा महिलासँग पनि आफ्नो शरीरमाथि अधिकार छैन । रिपोर्टअनुसार विकासोन्मुख राष्ट्रका झन्डै आधा महिला तथा किशोरीहरू आफ्नो जोडीसित यौनसम्बन्ध राख्ने कि नराख्ने, गर्भ निरोधको प्रयोग गर्ने वा स्वास्थ्य सेवा खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्ने अधिकारबाट वञ्चित छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)ले बुधबार उक्त निष्कर्षलाई ‘खतरनाक’ भन्दै शारीरिक स्वायत्तताको अभावले महिलाको सुरक्षालाई खतरामा पारेको, सम्भवतः आर्थिक उत्पादकत्व समेत कम भएको र देशको स्वास्थ्य सेवा र न्यायिक प्रणालीमा अतिरिक्त लागत थपिएको बताएको छ ।

तथ्यांक उपलब्ध भएका ५७ विकासोन्मुख मुलुकमा ४५ प्रतिशत महिलालाई स्वास्थ्य सेवा, गर्भ निरोधक छनोट गर्ने र यौन सम्पर्क गर्ने वा नगर्ने भन्ने विषयमा पूर्ण अधिकार प्राप्त नभएको प्रतिवेदनमा जनाइएको छ । पूर्वी तथा दक्षिणपूर्वी एसियाली देशहरुमा ७६ प्रतिशत महिलाहरूले आफ्नो शरीरमाथि आफ्नै निर्णय गर्न पाउने अध्ययनमा भेटिएको थियो ।

तर, सहाराको दक्षिणी अफ्रिका र मध्य तथा दक्षिण एसियामा यो तथ्यांक ५० प्रतिशत भन्दा कम छ । नेपाल पनि दक्षिण एसियाली देश हो जहाँका महिलाहरुमध्ये आधाभन्दा कमको मात्रै शरीरमाथि अधिकार भएको पाइएको छ ।
माली, नाइजर र सेनेगल लगायतका केही देशहरूमा ९० प्रतिशतभन्दा बढी महिलाहरू आफ्नो शारीरिक स्वायत्तताबाट वञ्चित भएको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टका अनुसार विश्वभरी २० वटा देश वा क्षेत्रहरूमा पीडित महिलाले आफूलाई बलात्कार गर्नेसँग विवाह गर्ने कानुनी व्यवस्था छ जहाँ बलात्कार गर्ने व्यक्तिले आफूले बलात्कार गरेकी महिला वा किशोरीसित विवाह गरेमा आपराधिक अभियोगबाट बच्न सक्छन् ।
४३ वटा देशमा वैवाहिक बलात्कारको कुनै कानुनी सम्बोधन छैन । विश्वका ३० भन्दा बढी देशहरूमा महिलाहरुलाई घरबाहिर निस्किने कुरामा समेत प्रतिबन्ध भएको रिपोर्टमा उल्लेख छ । 


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode