लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् पुर्नगठन


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरण पोखरेलले मन्त्रिपरिषद् पुनः गठन गरेका छन् । माओवादी केन्द्रसहित कांग्रेस र जसपाले प्रदेशसभा सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता गराएसँगै उनले मन्त्रिपरिषद् पुनःगठन गरेका हुन् ।

रिक्त रहेको पदमा अविस्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदहरुलाई समावेश गर्दै मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनःगठन गरेका हुन् ।

नवगठित मन्त्रिपरिषद्मा जसपाका सन्तोषकुमार पाण्डेयलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कल्पना पाण्डेयलाई शिक्षा तथा समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै यसअघि एमालेबाट भूमि व्यवस्था मन्त्री रहेकी आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामित तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि आर्थिक योजना मन्त्रालय मुख्य मन्त्री आफैले राखेका थिए ।

उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेकी जसपाकै सुमन शर्मालाई रायमाझी भौतिक पूर्वाधार राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

यसअघी आजै मुख्यमन्त्री पोखरेल विरुद्ध सोमबारै अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविस्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी केन्द्रबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजिनामा दिएका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope