दिल्लीमा एक साता लकडाउन घोषणा


काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा एक साताको लागि लकडाउन घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार रातिदेखि लागू हुने गरी अर्को सोमबार बिहानसम्मका लागी लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् । केजरीवालले पछिल्लो केही समययता दैनिक २५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिइरहेको भन्दै यो निर्णय गर्नु आफ्नो बाध्यता रहेको बताएका छन् । यो लकडाउनले कोरोना संक्रमण अन्त्य नभए पनि संक्रमण दरमा कमी ल्याउन सक्ने बताए ।

एक साताको लकडाउनको क्रममा मानिसहरुलाई घरभित्रै बस्न केजरीवालले आग्रह गरेका छन् । उनले अत्यावश्यक सेवा यो अवधिमा पनि सञ्चालन हुने बताएका छन् । विवाहका लागि नरोक्ने तर ५० जनाभन्दा धेरै भेला हुन नपाइने उनको भनाइ छ ।

केजरीवालले पछिल्लो समय दिल्लीको स्वास्थ्य प्रणालीमा नै समस्या बढेकाले लकडाउनको समयमा दिल्लीमा संक्रमितको लागि अक्सिजन, औषधि, बेडको संख्या बढाउनेजस्ता काम हुने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope