देशव्यापी लकडाउन गर्दैनौं तर आसिंक लकडाउन हुन सक्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले तत्काल नेशनवाइड लकडाउन नगर्ने भन्दैसबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्न आग्रह गरे ।
लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्ने र अलिकति पुस गर्ने भएपनि आफैंमा अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन लागेको हुनाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।
उनले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए । उनले हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्ने तर देसब्यापी लकडाउन नगर्ने स्पष्ट पारे ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस