परीक्षणको दायरा बढाउन भिटिएम अभाव


राजविराज । सप्तरीमा दैनिक रुपमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गइरहेका बेला यहाँ भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार परीक्षणको दायरा बढाउने क्रममा भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो)को अभाव भएको हो ।

दैनिक १८० देखि २०० सम्म स्वाब सङ्कलन गर्दै आएको जनाउँदै अहिले आवश्यकताअनुसार भिटिएम (सङ्कलित स्वाब राख्ने भाँडो) अभाव देखिएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

अब १०० भिटिएम मात्र बाँकी रहेको भन्दै यस विषयमा हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको उहाँले जानकारी दिनुभयो । तत्काल सप्तरीका लागि करीब पाँच हजार भिटिएमको आवश्यकता रहेको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ ।

भिटिएम आउन ढिलाइ भए स्वाब सङ्कलन कार्य पनि प्रभावित हुन सकिने सम्भावना रहेको जनाउँदै रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने देखिएको उहाँले बताउनुभयो । शुक्रबार मात्रै सप्तरीमा ४७ जना थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७०० नाघेको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरबाट वैशाख महिनाभित्रमा सप्तरीमा २० जनाले ज्यान गुमाइसकेका छन् । त्यसमध्ये पछिल्ला तीन दिनमा मात्रै ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope