बुधबार नेप्से दोहोरो अंक घट्यो, कारोबार रकममा नयाँ रेकर्ड कायम


काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो ।

आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ ।

लगातार बढेर कुनै एक दिन घट्नुलाई लगानीकर्ताहरुले ‘करेक्शन’ भएको भन्ने गरेका छन् । नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ ।

मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन् । बाँकी सबै समूह घटेका छन् ।

बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ ।

उता धेरै गुमाउने शिर्ष ५ कम्पनीमा सबै हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । ङादी पावरले सबैभन्दा धेरै गुमाउँदा दोस्रो धेरै गुमाउनेमा युनियन मोदी र तेस्रोमा नेपाल हाइड्रो देखिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope