रातो मछिन्द्रनाथको जात्रा समापन


काठमाडौं । रातो मछिन्द्रनाथको जात्रा बुधबार समापन गरिएको छ । कोरोना महामारीका कारण धेरै विधि छोट्याएर बुधबार पुल्चोकबाट मछिन्द्रनाथलाई बुङ्मती लगिएपछि नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित जात्रा समापन गरिएको हो ।

बुधबार बिहान पुल्चोकमा रहेको रथमा क्षमा पूजा गरिएको थियो र दिउँसो एक बजे विशेष पूजा गरेर मछिन्द्रनाथलाई खटमा बोकेर बुङ्मती लगिएको हो । विगतका वर्षमा पाटनका विभिन्न क्षेत्र परिक्रमा गरी जावलाखेलमा भोटो देखाउने जात्रापछि मछिन्द्रनाथको रथ तानेर बुङ्मती लैजाने गरिन्थ्यो ।

तर यस वर्ष महामारीका कारण स्थानीय प्रशासन र जात्रा आयोजकबीच भीड नगरी सीमित व्यक्तिको सहभागितामा जात्रा समापन गर्ने सहमति भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope