दैनिक दूध सेवनले हृदयघातको सम्भावना घटाउँछ : अध्ययन


काठमाडौं । दैनिक रुपमा दुध सेवन गरे यसका फाइदाहरु धेरै छन् । त्यस मध्ये दैनिक एक गिलास दुध पिँउदा मुटु रोग र हृदयघातको सम्भावना समेत कम गर्ने एक अध्ययनले पत्ता लगाएको छ ।

मुटु रोग र हृदयघातको खतराको सम्भावनालाई एक गिलास दूधको सेवनले १४ प्रतिशतसम्म कम उक्त अध्ययनको दावी छ ।दैनिक एक गिलास दुध पिउने व्यक्तिमा कोलेस्ट्रोलको स्तर कम हुन्छ । त्यसैले मुटु रोगको सम्भावना कम हुन्छ ।

शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नाले धमनीमा ब्लकेज बन्छ । जसको परिणाम हृदयाघातको सम्भावना अधिक हुन्छ । बेलायतको एक अध्ययनले यो निष्कर्ष निकालेको हो । यस अध्ययनमा अमेरिका र बेलायतका २० लाख व्यक्तिमा अध्ययन गरिएको थियो ।

दूध खाने व्यक्तिमा बिएमआई बढी देखिए पनि कोलेस्ट्रोल लेभल भने कम देखिएको थियो । त्यसैले दूधजन्य पदार्थ फाईदाजनक देखिएको छ ।
विशेषज्ञहरुका अनुसार जो व्यक्तिमा परिवर्तन आएको थियो, उनीहरूमा मुटु रोगको खतरा कम देखियो ।

लेक्टेजिनमा परिवर्तन देखियो जसले शरीरको सुगरलाई कन्ट्रोलमा राख्न सहयोग मिल्यो । मानिसहरूमा मधुमेहका बिरामीले दूध खानु हुँदैन भन्ने धारणा छ । तर अध्ययनले मधुमेहका बिरामीलाई समेत दूध फाइदाजनक हुने बताएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope