वीरगंजमा कोरोनामुक्त व्यक्तिमा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि


काठमाडौं । कोरोना संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस अर्थात कालो ढुसीको संक्रमण पुष्टि भएको छ । कोभिड संक्रमण मुक्त भइसकेका वीरगञ्जका तीन जनाको केओएच परीक्षण गर्दा संक्रमण देखिएको हो ।

फङ्गस कल्चर गर्दा दुईजनामा म्युकोमाईकोसिस प्रमाणित भएको वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले जानकारी दिए । उनका अनुसार दुई जनाको कन्फर्म भइसकेको र एक जनाको कल्चरको रिपोर्ट आउन बाँकी रहेको छ ।

म्युकोर्माइकोसिस दुर्लभ, तर खतरनाक फंगल संक्रमण हो । यो पछिल्लो समय कोरोना संक्रमितमा देखा परिरहेको छ । यसले संक्रमितको नाक, आँखा वा दिमागमा असर गर्न सक्छ । फोक्सोमा पनि फैलन सक्ने चिकित्सकहरु बताउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope