खोप खरिदमा सहजीकरण गरिदिन रुसी राष्ट्रपति पुटिनलाई पनि पत्राचार


काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पत्राचार गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप खरिद तथा उपलव्ध गराउन सहजीकरण गरिदिन खोप उत्पादन गर्ने देशहरुलाई पत्राचार गर्दै आएकी छन् । खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा रुसी राष्ट्रपति पुटिनलाई पनि पत्राचार गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पुटिनलाई नेपाललाई खोप खरिदको लागि सहजीकरण गरिदिनको लागि पत्र पठाएको परराष्ट्र मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले जेठ १४ गते ९शुक्रबार० परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ । तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गर्न अझै बाँकी रहेको छ ।

उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ ।

यसअघी खोप खरिदमा सहजीकरण गरिदिन भारत, चिन र अमेरिकाका राष्ट्रपतिलाई पत्र पठाइसकिएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope