भक्तपुरमा २ संस्थाले निशुल्क खाना खुवाउँदै, समस्या भए सम्पर्क गर्न आग्रह


काठमाडौं । कोरोनाको दोस्रो लहर फैलिएसंगै राजधानीमा निषेधाज्ञामा कडाई गरिएसंगै मानिसहरु समस्यामा परेका छन् । यस्तो परिस्थितीमा केही संस्थाहरुले साम्सयामा परेका हरुलाई निशुल्क खाना वितरण गर्दै आएका छन् ।

भक्तपुरमा नमस्ते ख्वप टिभी भक्तपुर र नृत्य निर्देशक सङ्घ नेपाल भक्तपुरले संयुक्तरूपमा राहत वितरण अभियान गरेका हुन् । निषेधाज्ञामा एकल, गर्भवती महिला, मस्तिष्क पक्षघातका बिरामी, रोजगारी गुमाएका, दैनिक ज्याला मजदुरी गर्ने, सार्वजनिक पाटीमा जीवन बिताइरहेका असहाय, अशक्त महिला, दुवै मिर्गौला फेल भएका, गरिब, टुहुरा बालबालिका गरी उपत्यकाका तीन जिल्लाका ६३ परिवारलाई खाद्यान्न वितरण गरिसकेको नमस्ते ख्वप टिभीका निर्देशक तथा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठले जानकारी दिए।

उनले खानेकुराको अभावले कोही पनि भोकै बस्नु नपर्ने भन्दै रकम अभावले खाद्यान्न समस्यामा परेकाले खबर गर्न आग्रहसमेत गरे। निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेका परिवारका बारेमा जानकारी आएअनुसार जिल्लाका मध्यपुरथिमि, सूर्यविनायक, चाँगुनारायण, भक्तपुर नगरपालिका तथा काठमाडौँको कागेशवरी मनोहरा, गोकर्णेश्वर, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका विभिन्न टोलबस्तीका घरदैलोमै पुगेर राहत वितरण गरिएको नमस्ते ख्वप टिभीका कार्यक्रम निर्देशक एवं नृत्य निर्देशक रञ्जना सितिखुले जानकारी दिइन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope