लकडाउन उल्लङ्घन गरी ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न प्रशासनलाई गृहको पत्र


काठमाडौँ । लकडाउन उल्लघंन गरी डेटिङ जाने आयोजना प्रमुख कारवाहीमा पर्ने भएका छन् । गृह मन्त्रालयले प्रशासनलाई कारबाहीका लागि पत्र काटेको छ ।

मन्त्रालयले निशेषाज्ञा आदेश जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई कारबाहीका लागि पत्र पठाएको हो । आवश्यक कानुन बमोजिम कारबाही गरी सो को जानकारी मन्त्रालयलाई गराउन मन्त्रालयले पठाएको पत्रमा निर्देशन दिइएको छ ।

आइतबार बिहान सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुख रोशन श्रेष्ठ प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती बोकेर स्वयम्भू पुगेका थिए ।

स्वयम्भू डाँडामा अश्वभाविक गतिविधि गरीरहेको फोटो र भिडियो केही समाचारलगायत सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो ।

सरकारी कर्मचारी, त्यसैमाथि पनि कार्यालय प्रमुखबाटै अमर्यादित क्रियाकलाप सार्वजनिक भए लगत्तै गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज दाहालले कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुने जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले गृहबाट पत्र प्राप्त भएको र आजै कार्यालयलाई के कसो भएको हो भनी पत्र पठाउने प्रशासनलाई बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope