तेलको मूल्यमा अस्वाभाविक वृद्धि


काठमाडौं । उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य वृद्धिका कारण नेपालमा समेत चालू आर्थिक वर्ष २०७७÷७८ भित्रै अस्वाभाविक मूल्य वृद्धि भएपछि उद्योगसँग कागजात माग गरेर अध्ययन थालिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणहित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका लागि कागजात मगाइएको जानकारी दिए ।

तेलको मूल्यमा अस्वभाविक वृद्धि हुने विषय अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ कि छैन ? भनेर प्रतीतपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन गरिएको पोखरेलको भनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope