प्रतिनिधिसभा विघटन गर्ने दुरासय राखेर राष्ट्रपतिले सरकार बनाउनुभएन : बरिष्ठ अधिवक्ता यादभ


काठमाडौं । बरिष्ठ अधिवक्ता महादेव यादभले प्रतिनिधिसभा विघटन गर्ने दुरासय राखेर राष्ट्रपतिले सरकार नबनाएको बताएका छन् । काँग्रेस सभापति शेर बहादुर देउवाको बहुमत हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माण नगरेको उनको आरोप छ ।

राष्टपतिले केपी ओली बाहेकको नेतृत्वमा सरकार बनाउन नचाहेको र देउवाको पक्षमा बहुमत भएपछि प्रतिनिधिसभा विघटन गर्ने दुरासय राखेर देउवाको बहुमत हुँदाहुँदै पनि सरकार गठन नगरेको उनको दावी छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदको निवेदनको पक्षमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले बहुमत सदस्यले हस्ताक्षर दिएपछि राष्ट्रपतिले सरकार गठनको निर्णय लिनुपर्नेमा त्यसो नगरी दुराशय राखेको यादवको भनाइ राखे ।

उनले ती हस्ताक्षरबारे प्रतिनिधिसभामै निर्णय हुनुपर्ने तर्क राखेका थिए । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाका १ सय ४९ सांसदको हस्ताक्षर हुँदा पनि सरकार गठन नगरेको वरिष्ठ अधिवक्ता यादवको भनाइ थियो । उनले प्रतिनिधिसभा विघटनका लागि नै यस्तो गरिएको तर्क गरेका हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope