कर्णाली प्रदेशसभामा विनियोजन विधेयक पेश


काठमाडौं । कर्णाली प्रदेशसभामा विनियोजन विधेयकको प्रस्ताव पेश गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्ष २०७८÷०७९ नीति तथा कार्यक्रमका लागि विनियोजन विधेयक आज सभामा पेश गर्नुभएको हो ।    
    
सभामुख राजबहादुर शाहीले प्रदेशसभा नियामावली, २०७४ को परिच्छेद (१७) को विनियोजन तथा अर्थ विधेयक सम्बन्धी कार्यविधि बमोजिम विनियोजन विधेयक, २०७८ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु सभामा समक्ष प्रस्तुत गरी सो माथि छलफल गरियोस भनि प्रस्ताव पेश गर्न योजनामन्त्री शर्मालाई समय दिनुभएको थियो ।    
    
विनियोजन विधेयकको प्रस्ताव सभामा पेश गर्दै उहाँले रोजगारी सृजना गर्ने र गरिबी तथा भोकमरी अन्त्य गर्ने गरी सरकारले बजेट निर्माण गरेको बताउनुभयो । कोभिड रोकथाम तथा नियन्त्रण, लगानी सम्मेलन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बजेट तथा कार्यक्रमका उद्देश्यहरु रहेको उहाँको भनाइ थियो ।    
    
बजेट, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारको बीचको आपसी समन्वय गर्ने, संघीय सरकारको समन्वयमा कोभिड विरुद्धका उपकरण बढाउने, आधारभूत पूर्वाधार विकास, उपकरण तथा जनशक्ति व्यवस्था गर्ने, युवा रोजगारका लागि रोजगारीमूलक परियोजनामा विशेष जोड दिने गरी सरकारले योजना बनाएको उहाँले बताउनुभयो ।

त्यसैगरीसमाजमा भएका सबै प्रकारका विभेद अन्त्य गर्ने, आयमूलक कार्यक्रम सञ्चालन गर्ने, राउटे, सडक मानव, अल्पसंख्यक, ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाहरुको हकहित संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति सरकारले ल्याएको बताउँदै उहाँले नीजि क्षेत्रलाई आकर्षित गर्न लगानी सम्मेलन गरी लगानीमैत्री वातारण तयार गरिने जनाउनुभयो ।    
    
त्यस्तै सरकारले अन्न उत्पादनमा जोड दिँदै खाद्य सुरक्षाका लागि नेपाल सरकारसँगको आपसी समन्वय गरी भण्डारणमा जोड दिने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनालाई अघि बढाइने जनाएको छ । आज पेश गरिएको विनियोजन विधेयकमाथि शुक्रबारदेखि छलफल हुने छ । अर्काे बैठक भोली २८ गते दिउँसो २ः०० बजे बस्ने छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope