कोरोनाको जोखिम बढेको भन्दै खोप सुनिश्चित गर्न ट्यांकर चालक संघको माग
काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले कोरोना संक्रमणको जोखिम बढेको भन्दै ट्याङ्कर चालकलाई कोरोना विरुद्धको खोपको तत्काल व्यवस्था गर्न माग गरेको छ ।
संघका अध्यक्ष ईश्वर लामाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई पत्र लेखेर थप सेवा प्रवाह गर्न असमर्थ रहेको भन्दै खोपको विशेष व्यवस्था गरी कार्यसञ्चालन गराउन आग्रह गरेका छन् ।
संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर चालक, सहचालक तथा पम्पका कर्मचारी तथा तिनका परिवारका सदस्यको निधन समेत भएको जनाउँदै थप जोखिम मोलेर पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भन्दै संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाई खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी समेत दिएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस