शव निकाल्न कठिनाइ


गोरखा  । वन लसुन टिप्न जङगलमा गएका बेला भीरबाट लडेर मृत्यु भएका गोरखाको चुमुनुब्री गाउँपालिका–३, पाङसिङका एक युवकको शव निकाल्न कठिनाइ भएको छ ।

बौद्ध हिमालको फेदीमा खोँचमा रहेको २४ वर्षका सुरेन्द्र गुरुङको शव चार दिनदेखि निकाल्न नसकिएको चुमनुब्री सेवा समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिनुभयो ।    

बुबा र भाइसँगै वन लसुन टिप्न गएका गुरुङ यही असार ६ गते बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र लमजुङको सिमानामा पर्ने बौद्व हिमालको फेदीमा भीरबाट खसेका थिए । गुरुङको शव मौसम खबरीका कारण निकाल्न कठिनाइ भएको उहाँले बताउनुभयो । 

परिवार र लाप्राकबासीले खोचबाट शव निकालेर हेलिकप्टर ल्याण्ड गर्न सक्ने ठाउँमा ल्याएका छन । माथि ल्याउन दुई पटकसम्म हेलिकप्टरबाट प्रयास गरिएको भएपनि नसकिएको अध्यक्ष घलेले जानकारी दिनुभयो ।

गुरुङ गएको जेठ २६ गते परिवारका सदस्य र २ जना छिमेकीको साथमा वन लसुन खोज्न त्यहाँ पुगेका थिए । उनीहरुको भने असार ७ गते हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope