हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति


जिल्लाको मेरिङदेन गाउँपालिकाले हाइड्रोपावर इन्जीनियरिङ अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि गाउँपालिका क्षेत्रभित्रका एक छात्र र एक छात्रालाई उक्त अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो ।

बुधबार सार्वजानिक भएको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा फुङलिङ नगरपालिकास्थित बाल सुबोधिनी संस्कृत माध्यामिक विद्यालयमा दुई जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

यसैबीच १६ वर्षमुनिका असहाय बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याई विद्यालय भर्ना दर सत प्रतिशत पु¥याउनका लागि विशेष शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने भएको छ । सोअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० का दरले उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

यस्तै अनौपचारिक शिक्षामार्फत गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय भाषा, लिपि तथा संस्कृतिको संरक्षणका लागि स्थानीय मातृ भाषाको पठनपाठनलाई निरन्तरता दिने र स्थानीय भाषा स्वयंसेवक शिक्षकले पाउँदै आएको पारिश्रमिकमा रु तीन हजार थप गरिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड १६ लाख ४९ हजारको बजेट ल्याएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope