अघिल्लो वर्षभन्दा दोब्बर रोपाइँ

दुल्लु । अघिल्लो वर्ष असार १५ गतेसम्म न्यून रूपमा किसानले रोपाइँ गरेका भए पनि यस वर्ष दोब्बर रोपाइँ गरी भ्याएका छन् ।
दैलेखमा अधिकांश धानखेती गरिने जमीनमा सिँचाइको अभाव हुँदा गत वर्ष आकासेभरमा साउन अन्तिमसम्म रोपाइँ गर्नुपर्ने किसानलाई बाध्यता रहिआएको थियो ।
गत वर्ष दैलेखमा असार १५ गतेसम्म करीब ३५ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस वर्ष दोब्बर करीब ७० प्रतिशत रोपाइँ गरिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
समयमै मनसुन भित्रिएसँगै पानी निरन्तर पर्दा किसानले रोपाइँ छिट्टै गर्न भ्याएको उहाँको भनाइ छ । आकासेभरमा बीउ राख्ने र साउन अन्तिममा हुने रोपाइँ पनि यस पटक पानी समयमै परेका कारण किसानले रोपाइँ गर्न सफल भएका उहाँले बताउनुभयो ।
जहिले पनि साउन २७ गते रोपिने खेत यस वर्ष असार १३ मै गर्न सफल भएको किसान वीरबहादुर गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो बाजेको पालादेखि त्यही दिन रोपाइँ गर्ने नियम र पालो थियो तर यस वर्ष असारमै रोपाइँ गर्न पाउँदा खुशी भएको छु ।”
उहाँको मात्र होइन अहिले साउन अन्तिममा गरिने रोपाइँ असारमा गर्ने धेरै किसान छन् । दैलेखमा छ हजार ५१७ हेक्टर जमीनमा धानखेती गरिने पाण्डेले बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस