रासायनिक मलको अभाव


सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् ।    
 धान र मकैमा मल हाल्ने बेला हँुदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताउनुभयो ।

अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । शारदा नगरपालिका–४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका वयवस्थापक यगेन्द्रबहादुर बस्नेतले मल नपाउदा किसानहरु निराश भएर फर्किनुपर्ने बाध्यता रहेको बताउनुभयो ।    
जिल्लाभर करिब ४० हजार बोरा मलको आवश्यकता छ तर जिल्लामा मलको कम आपुर्ति हुँदा समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जनाएको छ । चालु आर्थिक वर्षका लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो ।

यसबीचमा त्यसको आधाभन्दा पनि कम मात्रै मल जिल्लामा उपलव्ध भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यानका प्रमुख प्रविनजङ्ग शाहले जानकारी दिनुभयो ।    
 जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुदैँ आएको छ ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope