घर भत्केर मृत्यु भएका परिवारलाई राहत


देउखुरी  । अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ ।

घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका छन् ।    
    
मृतकका बुबा आशाराम चौधरीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गर्नुभएको थियो ।

राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुग्नुभएको थियो ।    


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope