दूध बेचेर वार्षिक रु डेढ करोड आम्दानी


मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाउनुभयो । उहाँले आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७÷७८ मा १२ हजार ८९३ लिटर दूध बेच्नुभयो । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गर्नुभयो । उहाँले पाँच गाई पाल्नुभएको छ ।

नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । आर्थिक वर्ष २०७७÷०७८ मा थाहा–६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा–२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा–३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा–२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेच्नुभएको छ । उहाँहरुको वार्षिक आम्दानी रु डेढ लाखभन्दा बढी छ । नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् ।

उहाँहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ । औसतमा प्रतिलिटर रु ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले रु एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् । दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ ।

पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् । बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले जानकारी दिनुभयो । सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope