ओलीको हर्कत, सर्वोच्चको निर्णय: भोली के?

अन्तत: सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
पदमा बस्ने व्यक्ति जतिसुकै क्षमतावान, रचनात्मक र परीवर्तनकारी भएपनि, उसले कानुन र संविधानको पालना गरेन भने उ दण्डनीय हुन्छ, हुनुपर्छ । आखिर त्यहि भएको छ । सर्वोच्चको निर्णयले के पनि देखाएको छ भने कानुन मिच्ने र आफूखुशी ब्याख्या गर्ने अधिकार कसैलाई हुदैन। यसर्थ,सर्बोच्च अदालतको फैसलाले संबिधानको रक्षा गरेको छ।
खड्ग प्रसाद ओलीले आफूखुशी संविधानको ब्याख्या र निर्णय गर्ने जुन हर्कत गरे त्यसको पराकाष्टमा अन्तत उनले बालुवाटार छोडेर हिड्नुपर्यो । ‘मै लाउँ, मै खाउँ, मै जान्ने, मै सहि, मै माहान नेता’ भन्ने सोच र चिन्तन र भ्रमले पुरिएका ओलिलाई कतिपनि थाहा भएन कि करोडौं क्षमता भए पनि, जति नै जेलनेल बसेपनि र जतिसुकै क्रान्तिकारी काम गरे पनि, संविधान मिच्ने काम गर्ने र कानूनत काम गरेन भने सजाय भोग्नुपर्ने हुन्छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मिलेर जुन हर्कत गरे, त्यो आम नेपाली जनताका लागि असह्य थियो। संबिधानले प्रधानमन्त्री हुनको लागि विभिन्न बाटो बनाएर विकल्पलाइ खुला गरेको कुरालाई ओलिपक्षले यतिसम्म (अप)ब्याख्या गरेकी संविधानको जुन धाराबाट पनि ओली नै प्रधानमन्त्री भईराख्ने । यसरि संविधान र कानूनको यिनीहरुले धज्जी उडाईराखे ।

त्यसैगरी ओलीमा सन्की र घमण्डताको उचाई यति माथिसम्म पुग्योकी उनि बेगर देश नै चल्न नसक्ने समेत राय प्रकट भयो। उनले आफ्नो वोली, भाषा र ब्यबहारमा क्षुद्रता देखाउन थाले । मान्छेलाई मान्छे नगन्ने प्रवृति देखाउन थाले । र त्यही विचमा आफ्ना कार्यकर्तालाईपनि रुष्ट बनाउन थाले । उनको यो ओली प्रवृतिले आफ्नै पार्टीवीच वैमनस्यता बढायो ।
एउटा सम्मानित पदमा बसेको मानिसले कम्तिमा शिष्टताको केहि हद सम्म भएपनि ख्याल गर्नु पर्ने तर त्यसो नगरेर आफू भने अरुबाट सम्मान खोज्ने तर अरुलाई होच्च्याउने र गालीगलौज गर्ने गरिरहे र त्यसले अन्तत उनको हुर्मत लियो। हुँदा हुँदा उनको भाषिक अशिष्टताले हद नाघ्यो तर उनले त्यसो गरिरहँदा आफूलाई विद्वान ठान्ने केहि ओली भक्तहरूले तालि पिटिरहे र ओलीलाई हौस्याईरहे । अन्तत ओलीको विनास भयो।
खैर जे होस् । सविधानको सहि ब्याख्या गर्ने र आउने हरेक प्रधानमन्त्रीलाई एउटा गतिलो पाठ सिकाउने सर्बोच्च अदालतलाई बधाई। अब कुनै पनि निर्वाचित शासकले आफूखुसी नगरोस। जनताका समस्याहरु राज्यको पहिलो प्राथमिकतामा परोस् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस