अमेरिकी विदेशमन्त्री ब्लिकेन भन्छन्– सहकार्य सदैव

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताउनुभएको छ । अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोना भाइरस विरुद्धको खोप नेपाल पुगेपछि उहाँले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आज अमेरिकाले जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ ।
हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्ने छ ।” यसैबीच अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ ।
अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्य सम्बन्ध कायम छ । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । –––
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस