२,८३८ सङ्क्रमित थपिए, १,४७५ स्वास्थ्य लाभपछि फर्किए


आज देशभर दुई हजार ८३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार १२ हजार ६१६ जनामा परीक्षण गर्दा दुई हजार ८३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा आठ हजार ७१५ जनाको पिसिआर र तीन हजार ९०१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

आज पुष्टि भएको नयाँ सङ्क्रमितसँगै देशभर बिरामीको सङ्ख्या सात लाख २४ हजार ४५५ पुगेको छ भने छ लाख ३६ हजार ४०२ जना पूर्ण स्वास्थ्य लाभ गरी घर फर्किएका मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीे जानकारी दिनुभयो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ८३२ रहेको छ । उहाँका अनुसार नेपालमा सङ्क्रमणदर १९.२ प्रतिशत रहेको जानकारी दिनुभयो ।

पिसिआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई सङ्क्रमण भइरहेको उहाँले बताउनुभयो । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा सङ्क्रमण भइरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope