बाँकेका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित


लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लाग्नुभएको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई जिविकोपार्जन गर्न सहज भएको छ । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उहाँको भनाइ छ । यसैगरी धवलागिरिकै रमा दराईले दुईवटा बङ्गुर पाल्नुभएको छ । खोर सानो हुँदा र आर्थिक स्थिति बलियो नहुँदा उहाँले बङ्गुर थप गर्न सक्नुभएको छैन् । सानैबाट शुरुआत गरे पनि बङ्गुरपालनबाट राम्रै आम्दानी हुने देखिएपछि उहाँको रुचि पनि यसतर्फ बढेको छ ।

थापा र दराई जस्तै धवलागिरिका १७ महिला किसानले सानो रुपमा भएपनि बङ्गुरपालन गरिरहेका छन् । बङ्गुरपालन व्यवासयमा लागेका १७ जना महिलाको एउटा समूह पनि छ । समूहमार्फत उनीहरुले मासिक रु १०० बचत पनि गर्दै आएका छन् ।

सो समूहमा आवद्ध प्रत्येक सदस्यलाई खजुरा गाउँपालिका पशुसेवा शाखाले पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ । छ महिनाअघि तत्कालिन पशु सेवा शाखा प्रमुख स्व रत्नबहादुर शाहीले उक्त समूहलाई बङ्गुरको स्रोत केन्द्रका रुपमा विकास गर्न हरेक सदस्यलाई बङ्गुरको पाठापाठी वितरण गर्नुभएको थियो । ६ महिनाअघि वितरण गरिएको सात÷आठ किलोग्रामको पाठापाठी अहिले ५०÷६० किलोग्रामका भएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope