जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व : प्रदेश प्रमुख पौडेल


गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताउनुभएको छ । मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताउनुभएको हो ।

गुरु परम्परा प्राचीन सनातन परम्परा रहेको जनाउँदै उहाँले गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने सदियौँदेखि चलिआएको परम्परा भएको बताउनुभयो । द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत रहेको स्मरण गराउँदै उहाँले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिमय बनाउन सके मात्र गुरुप्रतिकोे सच्चा सम्मान हुने धारणा राख्नुभयो । दिनप्रतिदिन बढ्दो सामाजिक द्वन्द्वको निरुपण गर्दै मानव मानव बीचको सम्बन्धलाई प्रगाढ बनाएर समानता सहिष्णुता र सहअस्तित्वका साथ अगाडि बढ्न आध्यात्मिक जगत्को भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

सो अवसरमा उहाँले संस्थाका संस्थापक डा मुनिजी महाराजको पोखरामा हुन लागेको चतुर्मास प्रवेशका लागि शुभकामनासमेत दिनुभयो । कार्यक्रममा डा मणिभद्रमुनिजीले गुरु बन्नुभन्दा पहिला असल शिष्य हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैलाई गुरु हुन मन पर्छ तर शिष्य भएर नियम पालना गर्न कठिन छ । शिष्य भएर गुरुले दिएको सन्देश पालना गर्न सकेमात्र जीवनमा सत्मार्ग भेटिन्छ ।” उहाँले मानवले आफ्नो क्षणिक स्वार्थका लागि हिंसाको बाटो अपनाउँदै गएको जनाउँदै आचरण बदलेर सुन्दर शान्त समाजमा रमाउन मानवजगत्लाई आग्रह गर्नुभयो । जस्तो दृष्टि उस्तै सृष्टि हुने भएकाले सकारात्मक सोच राख्न उहाँको सुझाव दियो । कार्यक्रममा मानव मिलन अन्तर्राष्ट्रिय महिला अध्यक्ष कुसुम जैन र मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माले गुरु पूर्णिमाको महत्व र मुनिजीको चतुर्मास प्रवेशका बारेमा जानकारी दिनुभएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope