सङ्घीय र प्रदेश सांसद विकास कोषको योजना अनुगमन


जिल्ला समन्वय समिति भक्तपुरले भक्तपुर नगरपालिकाभित्र भएका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गरेको छ । जिसस प्रमुख नवराज गेलालको नेतृत्वमा उपप्रमुख सरिता कुँवर, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेसहितको टोलीले मङ्गलबार नगरपालिकाभित्र सङ्घीय तथा वाग्मती प्रदेश सरकारको बजेटबाट भएको भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन गरेको हो । सङ्घीय सांसद प्रेम सुवाल र वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँमार्फत आएको केन्द्र र प्रदेश सरकारको बजेटबाट आव २०७७÷७८ मा भएका नौवटा योजनाको टोलीले अनुगमन गरेको हो ।

विसं २०७२ को महाभूकम्पले भत्किएको भनपा–२ स्थित शारदा माध्यमिक विद्यालयको सङ्घको रु २५ लाख र प्रदेशको रु ४० लाखको लागतमा भइरहेको भवन निर्माणको टोलीले अनुगमन गरेको छ । त्यसैगरी टोलीले सङ्घीय सरकारकै रु २५ लाखको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको १०० वर्ष पुरानो लन्चा फल्चा (बाटो छेउको पाटी) को अनुगमन गरेको छ । भदौसम्ममा निर्माण सम्पन्न हुने पाटी ३० वर्ष अगाडि भत्किएर जीर्ण भएपछि यो ठाउँको नाम नै भत्केको पाटी रहन गएको उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण पुमरीले जानकारी दिनुभयो ।

टोलीले वाग्मती प्रदेशको रु १० लाखको लागतमा निर्माण सम्पन्न भनपा–१ स्थित गणेश माविको हल, नःपली पुलबाट नःपली चोकसम्मको ग्याबियन पर्खाल र सडक कालोपत्रको अनुगमन गरेको छ । साथै टोलीले प्रदेशकै रु ४० लाखको बजेटमा भनपा–२ शहीद स्मृति बाल उद्यानको निर्माण अन्तिम चरणमा पुगेको र रु ३० लाखको लागतमा वडा नं ४ स्थित राममन्दिर काउण्टरबाट मूदीप पछाडिसम्मको सडक ट्र्याक निर्माणको अनुगमन गरेको छ ।

टोलीले प्रदेशको रु ५० लाखको बजेटमा निर्माण सम्पन्न भएको भनपा–८ स्थित लिवाली आवास क्षेत्रको सडकपेटीको स्तरोन्नति र रु २० लाखको बजेटमा लिवाली बालविकास स्कूल परिसरको उत्तरतर्फको खुला क्षेत्रमा ढुङ्गा छपाइ र उद्यान निर्माणको अनुगमन गरेको छ । जिसस सदस्य उमेश श्रेष्ठ, शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, बाबुकाजी श्रेष्ठ, श्रीराम ब्याञ्जु, गीता बिसुंखे, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवाल, योजना इञ्जीनियर श्रीकृष्ण न्याइच्याइसहितको टोलीले स्थलगत अनुगमन गरेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope