निर्माणाधीन ट्याङ्कीको जग अलपत्र


वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका दिक्तेलवासीको दुःख अझै टरेको छैन । पानी खोज्दै घण्टौं धाउनुपर्ने बाध्यता उस्तै छ । समग्र दिक्तेल क्षेत्रलाई खानेपानी पु¥याउन दुई वर्षअघि बृहत् खानेपानी आयोजना सुरु गरिएको थियो । तर, आयोजना पूरा हुनुको साटो निर्माणाधीन ट्याङ्कीको जग नै भासिएपछि अलपत्र पर्ने जोखिम बढेको छ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण निर्माणाधीन ट्याङ्कीको जग भासिएको स्थानीयवासी बताउँछन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलगायत आसपासका क्षेत्रमा विस्तार गर्न लागिएको शहरी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणाधीन ट्याङ्की सञ्चालनमा नआउँदै जग भासिएको हो । नेपाल सरकारको ७० र उपभोक्ता समितिको ३० प्रतिशत गरी रु २२ करोड ५५ लाख ५८ हजार लगानीमा शुरु गरिएको खानेपानी आयोजना अन्तर्गत सोल्मास्थित तीनबोटेमा निर्माण गरिएको प्रशोधन केन्द्र ( ट्रिटमेन्ट प्लान्ट) सहितको ट्याङ्की सञ्चालनमा नआउँदै पूर्वी उत्तरपट्टीको जग भासिएको छ । ठेकेदार कम्पनीले ट्याङ्की निर्माण गर्न जग सम्याउँदा फालेका माटोमाथि प्रशोधन ट्याङ्की निर्माण गरेकाले जग भासिएको सोल्माका स्थानीयवासी एवं जनता समाजवादी पार्टी नेपाल खोटाङका युवा नेता धनीराम नछुङले बताउनुभयो ।

“खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको चरम लापरवाही देखिएको छ ।” उहाँले भन्नुभयो, “ठेकेदारको लापरवाहीकै कारण निर्माणाधीन ट्याङ्कीको पूर्वी उत्तरपट्टीपर्ने जगको पर्खाल भत्किएपछि ट्याङ्कीसमेत बग्ने सम्भावना देखिएको छ ।” जग भासिएपछि ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीभन्दा अझ पूर्वी उत्तरपट्टी निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको छ । ट्रिटमेन्ट प्लान्ट ट्याङ्कीको जग भासिएर करिब ५० मिटर फराकिलो ठाउँ ओगटेर पहिरो झरेपछि खानेपानी आयोजनाको प्राविधिक तथा सुरक्षाकर्मी बस्न निर्माण गरिएको आवासगृह उच्च जोखिममा परेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope