झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित


इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो ।

उहाँले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हँुदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ । उहाँले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गर्नुभएको छ ।

वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताउनुभयो ।

स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गर्नुभएको छ । पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिनुभयो ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उहाँले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उहाँको भनाइ छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope