राष्ट्रपति भण्डारीद्वारा राजकलशको अभिषेक ग्रहण


राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज उहाँले राजकलशको अभिषेक ग्रहण गर्नुभएको हो । श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्ने प्रचलन छ ।

अरुन्धतीसहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । देवतर्पण, ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवङ्गत पितृ गणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँधिन्छ ।

यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ । राष्ट्राध्यक्षबाट दक्षिणा स्वरूप एघार चाँदीका मोहर दिइन्छ । मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पु¥याउने परम्परा केही वर्ष टुटेको भए पनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिले अभिषेक ग्रहण गर्दै आउनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope