सातौँ संविधान दिवस तीन दिनसम्म मनाउने


सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले राससलाई जानकारी दिनुभयो ।

बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थितिमा मात्र दिवसको मूल समारोह मनाउने निर्णय भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा मन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो ।
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope