सडक भासिँदा जयपृथ्वी राजमार्ग अवरुद्ध


सडक भासिँदा जयपृथ्वी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा अवरुद्ध बनेको हो ।

सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदासदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन् ।

राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । “राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको छ” उहाँले भन्नुभयो । तल बाउली खोला भएकाले सडक पुनः सञ्चालन हुन भने केही समय लाग्ने जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope