बैठक रचनात्मक


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा आज ‘बेञ्च–बार समन्वय समिति’को बैठकमा समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानन्यायाधीश अध्यक्ष रहनुभएको समितिको बैठकमा बेञ्च र बारबीच आज बसेको बैठकमा समसामयिक विषयमा छलफल भएको हो । “समसामयिक विषयमा छलफल भएको हो, निश्कर्ष नै त्यस्तो केही आएन”, सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम दाहालले भन्नुभयो, “बैठकमा संवैधानिक इजलास गठन, पछिल्ला आदेशको समीक्षा, न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसम्बन्धी छलफल भयो, समग्रमा रचनात्मक छलफल भयो ।”

समितिमा प्रधानन्यायाधीश राणा अध्यक्ष, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की रहनुभएको छ भने बारका तर्फबाट नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र शम्भु थापा, महान्याधिवक्ता खम्मबहादुर खाती, मुख्य रजिष्ट्रार लालबहादुर कुँवर रहनुभएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope