स्वास्थ्यकर्मीको लापरवाही देखियो


बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोहीअनुसारको प्रतिवेदन बुझाएको छ ।

भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव भएको थियो । शव बुझेर अन्तिम दाह संस्कार गर्ने क्रममा मृतक शिशुको दुवै हातमा दुई आमाको ट्याग लागेको देखिएको थियो । सो घटनामा एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरी अस्पतालमा मै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानबिन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्नेलगायतका विषयमा सहमति भएपछि पीडितका आफन्तले सहमतिमा आन्दोलन रोकेका थिए ।

छानबिन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहो¥याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ । एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि समितिले सुझाव दिएको छ ।

समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य वसन्त गौतमले जानकारी दिनुभयो । बालरोग विशेषज्ञ डा रोमा बोहराको नेतृत्वमा छानबिन समितिले दुई हप्ता लगाएर प्रतिवेदन बुझाएको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope