देशभर एक हजार १५७ सङ्क्रमित थपिए


पछिल्लो २४ घण्टामा एक हजार १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १४ हजार ५४१ मा कोरोना परीक्षण गर्दा एक हजार १५७ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार १९३ पुगेको छ । उहाँका अनुसार ५०० बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० बढी सङ्क्रमित भएका जिल्ला १९ छन् ।

सो अवधिमा एक हजार ११३ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने सात लाख ६४ हजार ८४७ छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । सङ्क्रमणका कारण सो अवधिमा आठ जनाको मृत्यु भएको छ ।

हालसम्म सङ्क्रमणबाट ११ हजार १२३ को मृत्यु भइसकेको छ । हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आइसियु), ९९ भेन्टिलेटर, १६ हजार ८७८ होम आइसोलेशन, एक हजार ३१५ जना संस्थागत आइसोलेशन र २४४ जना क्वारेन्टिनमा छन् । आज दुई लाख ८६ हजार १४५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा ७२ लाख १४ हजार ७४२ ले पहिलो मात्रा र ६२ लाख ३८ हजार एकले पूर्ण मात्राको खोप लगाएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope